घोराही, मंसिर १५ । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख) को मतगणना शुरु भएको छ ।
घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
मतगणना आज बिहान नौ बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ ।
शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए । रासस




प्रतिक्रिया दिनुहोस्