Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


कास्कीमा विद्या फराकिलो अन्तरले अगाडि


0
Shares

कास्की, मंसिर १५ । प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।

आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६२२ मत ल्याएका छन् ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को  मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।

निर्वाचन आयोगका अनुसार ७१ हजार आठ सय ७१ जना मतदाता रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको थियो ।