Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


भक्तपुरमा काँग्रेस २४ सय २६ मतले अगाडि


0
Shares

भक्तपुर, मंसिर १५ ।  प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा काँग्रेस उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि रहेका छन् ।

काँग्रेस उम्मेदवार भँडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत ल्याएका छन् ।

यहाँको कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो । मतगणना जारी छ । उता दाङ र बाग्लुङमा सर्वदलीय बैठक पछि केही बेरमा मत गणना सुरु हुने बताइएको छ ।