Logo १० कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025


अछाम र प्युठानमा नेकपा विजयी


0
Shares

प्युठान, मंसिर १५ । प्यूठानको  प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गरेका थिए ।

यस्तै अछामको मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार भएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गरे । नेपाली काँग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र काँग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो ।

झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र काँग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ । रासस