Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


उपनिर्वाचन मत परिणाम – नेकपा १८, कांग्रेस ६ र समाजवादी तथा राजपा एक एक स्थानमा विजयी


0
Shares

काठमाडौं, मंसिर १५ । ५२ स्थानका लागि हिजो सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको छ ।

आज बिहानको नतिजा अनुसार ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १८ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ६ स्थानमा विजयी भएको छ । यस्तै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एक एक स्थानमा जीत हासिल गरेका छन् ।

अहिले निर्वाचन भएका सबै स्थानमा मत गणना जारी रहेको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् । यस्तै प्रतिनिधिसभा अन्र्तगत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।

आयागले दिएको पछिल्लो जानकारी अनुसार नेकपाकी विद्या भट्टराईले ३२७६ मत ल्याएकी छिन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले २११५ मत ल्याएका छन् । त्यसैगरी समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ प्राप्त गरेका छन् ।

कास्कीमा ६५ प्रतिशत मत खसेको आयोगले जनाएको छ । कास्कीमा सात हजार नौ सय ९१ जना मतदाता रहेका छन् । यस्तै प्रदेशसभा अन्र्तगत भक्तपुर, दाङ र बाग्लुङमा पनि मत गणना जारी रहेको छ ।