सुनसरी, मंसिर १४ । धरानमा ५९.४१ प्रतिशत मत खसेको छ ।
धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर र धरान–७ को वडाध्यक्ष पदका लागि शनिबार मतदान सम्पन्न भएको हो ।
उपनिर्वाचनमा धरानमा ५५ हजार १६३ मतदाताहरुले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।
योपटक धरानमा कुल ९२ हजार ८५३ मतदाता थिए ।
मतदान शान्तिपूर्ण सम्पन्न भएको जनाइएको छ । शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।
मतगणना आजै
धरानका २० ओटै वडाबाट मतपेटिका संकलन गरिएपछि सर्वदलीय बैठक बसी शनिबार रातिदेखि नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत उप्रेतीले बताए ।




प्रतिक्रिया दिनुहोस्