२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने


0
Shares

congress meeting

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धबारेमा छलफल गरेको थियो ।

हिजाको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात आज पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा थप निर्णय हुने बताइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।