Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावानीसहित इमेल र फोन


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतानवीसहित बैंकका उच्च अधिकारीलाई इमेल र फोन आएको छ ।

ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बुधबार इमेल गर्दै राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ ।

सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंक्का प्रमुख अनिल शाहलाई इमेलमा पठाइएको छ ।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।

प्रवक्ता ढकाललाई आज बिहान पनि राष्ट्र बैक र नबिल बैंकको सिस्टम ह्याक गर्ने भन्दै धम्की आएको थियो । ।

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको बैंकहरूले जनाएका छन् ।

ह्याकरले बैंकको सिस्टम ह्याक गर्ने कुरालाई सामान्य नलिन चेतावनीसमेत दिएका छन् ।