Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


सत्ता र शक्तिको आडमा नेकपाले उपनिर्वाचनलाई प्रभाव पार्न खोज्यो : नेता पौडेल


0
Shares

कास्की । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको आडमा नेकपाले उपनिर्वाचनलाई  प्रभाव पार्न खोजेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने दुष्प्रयास भइरहेको  सुचना आफुलाई आएको वताए ।

उनले निर्वाचन आयोग, प्रशासनलाई बुथ कब्जा हुने परिस्थिती आउन नदिन समेत  सचेत गराए । पौडेलले काँग्रेसमा उमेदवार खेम राज पौडलेलाई ‘तटस्थ मतदाताहरुको पनि सहानुभूती रहेको वताए ।

बरिष्ठ नेता पौडेले नेकपाका नेताहरुले कालापानीको विषयमा काँग्रेसलाई दोष लगाउन भन्दा  राष्ट्रियताको विषयमा काम गरेर देखाउन आग्रह गरे । अहिले कम्यूनिष्टहरुले जनतालाई गुम्राहमा पार्ने दुष्प्रयास गरेको उनको आरोप रहेको छ । 

 

Skip This