Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


एक किलो सुन सहित महिला पक्राउ


0
Shares

रसुवा । एक किलो सुनसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान  सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थियो ।

बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।