
सुनसरी । आगामी मंसीर १४ गते हुने सुनसरीको धरान उपमहानगरपालिकाको उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बु, मोहन लिम्बु, पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, इटहरीका सन्तोष ठाकुर रहेको डिएसपी न्यौपानले बताए ।
पक्राउ परेका सबैलाई सोमबार अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्