
काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएको छ ।
बुधबार बिहान बुढानिलण्ठस्थित देउवा निवासमा पुगेरै राजदूत क्वात्राले आफ्नो देश भारत र आफ्ना तर्फबाट बधाई दिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको बताएको भारतीय राजदूतावासले जनाएको छ ।
यसैगरी, काठमाडौंस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले भने मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालबाट देउवालाई बधाई दिनुभएको थियो ।
बेरीले आफ्नो सामाजिक सञ्जालमा एकाउन्टमा लेख्नुभएको छ, ‘नेपालस्थित अमेरिकी मिसनको तर्फबाट नवनियुक्त प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’
प्रतिक्रिया दिनुहोस्