काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद सागको प्रचारप्रसारका लागि थालिएको ओलम्पिक टर्च र्याली प्रदेश ५ को भैरहवा पुगेको छ ।
गत शुक्रबारदेखि थालिएको ¥याली सातै प्रदेशमा पुर्याउने योजना अनुसार प्रदेश १, २ र ३ का मुख्यालयमा कार्यक्रम गरी आइतबार भैरहवा पुगेको हो ।
टोली सोमबार बिहान ९ बजे भैरहवाबाट र्याली लुम्बिनी पुगी दिउँसो १ बजे प्रदेश ५ को मुख्यालय बुटबलमा र्याली गरेर सुर्खेत जानेछ ।
र्यालीमा सागका कीर्तिमानीदेखि ओलम्पियनसम्मका १३ जना सहभागी हुनुपर्ने भए पनि ६ जनामात्र रहेका छन् ।
बाँकी खेलाडीहरु मंसिर १५ गते काठमाडौंको रंगशालामा हुने उद्घाटनमा मिसिन आइपुग्ने बताइएको छ ।
प्रदेश गएका सुटिङका पूर्व खेलाडी टीकाराम श्रेष्ठका अनुसार र्यालीमा स्थानीयको उल्लेख्य सहभागीता रहने गरेको छ ।
आफूहरुले सागको प्रचारप्रसार गर्ने क्रममा सकभर खेल स्थलमै आएर हेरी खेलाडीहरुको हौसला बढाउन र नसके टेलिभिजनमा हेरेरै भए पनि मुल्याङ्कन गर्न आग्रह गरेको बताए । उनले सागको महत्वका बारेमा समेत पनि जानकारी दिएको बताए ।
सात राष्ट्रका खेलाडीहरु सहभागी हुने सागमा तीन सय १७ स्वर्णसहित एक हजार एक सय १५ पदकका लागि २६ खेलमा भिडन्त हुँदैछ । दुई खेल अनअफिसियल हुनेछन् । प्रतियोगिता मंसिर २४ गते सकिने छ ।








प्रतिक्रिया दिनुहोस्