Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बाँकी कार्यकाल पनि प्रतिनिसभा राम्ररी चल्दैन– केपी ओली


0
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी कार्यकाल पनि प्रतिनिधिसभा राम्ररी नचल्ने दाबी गर्नुभएको छ ।

सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले नयाँ बन्ने सरकार राम्ररी चल्नेमा आफूलाई शंका लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘बाँकी समय पनि सरकार चलोस् मेरो शुभकामना छ, अब बन्ने सरकार सहि ढंगले अगाडि बढ्नेमा शंका छ, यसमा अघि बढने पात्रहरू परिचित हुन् ।’

अदालतले आफ्नोबारेमा प्रश्नहरू उठाएको भन्दै ओलीले आफू लोकतन्त्रका लागि लडेकाले राजनीतिक गतिविधि बाहेकमा चासो नभएको समेत बताउनुभयो । ‘यसपटको फैसलाले मेरो बारेमा पनि निकै धेरै प्रश्नहरु उठाएको छ। लोकतन्त्र मेरा लागि जीविकाको विषय होइन जीवन हो। आस्थाका आधारमा निश्चित दृष्टिकोणका आधारमा अघि बढेको छु,’ उनले भने।

अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको ओलीको भनाइ छ । ‘एमालेको सरकार ढलाइयो । षडयन्त्र कहाँ कहाँ भयो ? नेकपा एमाले फुटाइयो। अपवित्र गठबन्धन बनाइयो,’ ओलीले भने।