Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


पाँचथरका स्थानीइ तहमा बेरुजु रकममा वृद्धि


0
Shares

पाँचथर । पाँचथरको स्थानीय तहमा गत वर्षभन्दा यस वर्ष बेरुजु रकममा वृद्धि भएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा आठ स्थानीय सरकारहरु बेरुजु रकमको बोझले थिचिएको महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनबाट खुलेको छ ।

पाँचथरका सबै स्थानीय तहहरुको बेरुजु रकम एक करोड रुपैयाँभन्दा माथि रहेको छ ।

पाँचथरको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा यो आर्थिक वर्षमा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ

फिदिम नगरपालिकामा ५ करोड ५१ लाख रुपैयाँ बेरुजु देखिएको छ भने सबैभन्दा कम कुम्मायक गाउँपालिकामा १ करोड २१ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै फालेलुङ गाउँपालिकामा ४ करोड ७८ लाख रुपँयाँ, तुम्बेवा गाउँपालिकामा ३ करोड ८१ लाख, मिक्लाजुङ गाउँपालिकामा २ करोड १३ लाख, फाल्गुनन्द गाउँपालिकामा २ करोड ५७ लाख र याङबरक गाउँपालिकामा १ करोड ६७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

धेरै स्थानीय सरकारका प्रमुखहरु पेश्की रकमका कारण बेरुजु देखिएको बताउँछन् ।

आर्थिक वर्षको अन्तिमतिर विभिन्न योजनाको कार्यादेश आउने भए पनि बेरुजुु रकममा वृद्धि भएको जानकारहरु बताउँछन् ।

समयमै बजेट आउन नसक्दा पनि बेरुजु रमकमा वृद्धि भएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दहालले जानकारी दिए ।