सिरहा, मंसिर ६ । थारु समुदायका निर्वाचित जनप्रतिनिधिहरुले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।
शुक्रबार थारु आयोगद्वारा सिरहामा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा थारु सांसद हरिनारायण चौधरी, पदमनारायण चौधरीलगायतले यस्तो माग गरेका हुन् ।
थारु भाषा, साहित्यको जगेर्ना गर्नका लागि सरकारी कामकाजी भाषा र विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।
थारु आयोगका अध्यक्ष विष्णुलाल चौधरीले थारु समुदायको भाषा, संस्कृति संरक्षण गर्नु राज्यको पनि दायित्व भएको बताए ।
उनकाअनुसार नेपालको कुल जनसंख्यामध्ये ६.५६ प्रतिशत थारु समुदायका छन् ।








प्रतिक्रिया दिनुहोस्