Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


भारतसँग सीमा जोडिएको झुलाघाट नाका आजबाट बन्द


0
Shares

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ४ दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मंसिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मंसिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जनाइएको छ ।

यस अवधिमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।