
काठमाडौं, मंसिर ५ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागी जेल चलान भएका महराले जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएका हुन् ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएको बुझिएको छ ।
महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागका लागि शुक्रबार इजलास पेस गरिने अदालत स्रोतले जानकारी दिएको छ ।
जिल्ला अदालत काठमाडौंले गएको कात्तिक १८ गते महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्