७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सुनसरीमा जग्गा व्यापारीको हत्या


0
Shares

सुनसरी, मंसिर ४ । सुनसरी सदरमुकाम इनरुवामा एकजना जग्गा व्यापारीको हत्या गरिएको छ ।

बुधबार जिल्ला अदालत सुनसरीनजिकैको हटियामा स्थानीय कारी यादवको शव हत्या गरेर फालेको अवस्थामा फेलापरेको हो ।

घरेलु धारिलो हतियार प्रहारबाट उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

उनी इनरुवा क्षेत्रमा जग्गा किनबेचको कारोबारमा सक्रिय थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले यादवको हत्यामा संलग्नहरुको खोजीकार्य भइरहेको बताए ।

मंगलबार राति घरमा सुतिरहेका यादवलाई हतियारधारी समूहले फोन गरी बाहिर बोलाएर हत्या गरेको भन्दै तत्काल हत्यारालाई पक्राउ गर्न परिवारले माग गरेको छ ।

यादवको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।