Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


ट्युनिसियाको तटमा डुंगा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु


0
Shares

एजेन्सी । अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ।

लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।

इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए ।