Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


दक्षिण एसियाको आर्थिक वृद्धिदरमा कमी आउने विश्व बैंकको प्रक्षेपण


0
Shares

काठमाडौं, मंसिर ३ । पछिल्लो समय दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त हुँदै गएको विश्व बैंकले जनाएको छ ।

यो वर्ष यस क्षेत्रको औसत वृद्धिदर थप खुम्चिने उसको प्रक्षेपण छ ।

यो वर्ष आर्थिक वृद्धिदर साढे २ विन्दु प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले मंगलबार काठमाडौंमा दक्षिण एसियाको आर्थिक अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै दक्षिण एसियाली मुलुकहरुमा आर्थिक वृद्धिदरमा कमी आएको जानकारी दिएको हो ।

दक्षिण एसियाली मुलुकहरु भारत र श्रीलंकको कुल ग्रार्हस्थ उत्पादन न्यून भएका कारण पनि दक्षिण एसियामा आर्थिक वृद्धिदर न्यून रहेको बैंकले जनाएको हो ।

यस्तै, यो वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने पनि विश्व बैंकको प्रक्षेपण छ ।

आगामी वर्ष आर्थिक वृद्धिदरमा थप कमी आइ ६.४ प्रतिशतमा सीमित रहने र त्यसपछिको वर्षमा ६.५ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ ।

पछिल्लो समय विश्वभर नै मन्दी आएका कारण नेपालमा पनि कुल ग्रार्हस्थ उत्पादन घट्ने पक्षेपण गरिएको अर्थविद् विश्व पौडेल बताउँछन् ।

कुनैपनि देशले आर्थिक विकासका लागि विकेन्द्रीकरणमा जोड दिनुपर्नेमा बैंकले जोड दिएको अर्थविद् पौडेलको भनाइ छ ।

‘ब्रेक्जिट’, अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा आएको समस्याले गर्दा विश्वव्यापीरुपमा नै आर्थिक मन्दी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।