Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


इमेज प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगका अध्यक्ष अन्सारीबाट खाद्यान्न सहयोग


26
Shares

काठमाडौं, असार १६ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगले खाद्यान्न वितरण गरेको छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका इमेज च्यानलमा कार्यरत सवारी चालक र सुरक्षा गार्ड लगायतलाई खाद्यान्न सहयोग गरेको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बाढीपहिरो र निषेधाज्ञाका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई लगतार रुपमा सहयोग गरेको बताउनुभयो ।

निषेधाज्ञाको असर चौबिसै घण्टा काममा खटीने सञ्चार गृहमाथि पनि परेको भन्दै सञ्चार गृहमा कार्यरत श्रमिकहरुलाई खाद्यान्न सहयोग गरेको बताउनुभयो ।

उहाँले नेपाल पत्रकार महासंघ इमेज च्यानलसँग सहकार्य गर्दे अप्ठयारोमा परेका व्यक्ति र संघसंस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लामा समस्यामा परेका नागरिकलाई समेत अध्यक्ष अन्सारीले सहयोग गर्दे आउनुभएको छ ।

त्यसैगरी सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितलाई समेत खाद्यान्नलगायत कोभिड सुरक्षा सामाग्री सहयोग गरीएको छ ।

लामो लकडाउनका कारण रोजगारी गुमेका र बिहान बेलुकीको छाक टार्न समस्यामा परेका सर्वसाधरण अझै पनि प्रताडित भएको भन्दै सरकारी स्तरबाटै सहयोग पुग्नु पर्ने उहाँको भनाई थियो ।