७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


रक्सी सँगै पिएर साथीको घाँटी खुकुरीले रेटेपछि…


0
Shares

विजय नेपाल (इमेज)

सिन्धुपाल्चोक, मंसिर २ । असोज ३० गते । युवाहरु बसेर रक्सी पिउँदै थिए । विवाद भयो । विवाद बढ्दै गयो । आपसमै सामान्य झगडा भयो ।

एकजनाले खुकुरी ल्याए । आफ्नै साथीको घाँटीमा प्रहार गरे । साथीको घटनास्थलमै ज्यान गयो ।

घटना सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५, लामाघरको हो ।

खुकुरी प्रहारबाट स्थानीय २७ वर्षीय विजय गोलेको मृत्यु भएको हो । उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय बमबहादुर स्याङ्बो र मिलन स्याङ्बो छन् ।

गएको असोज ३० गते स्थानीय केही युवा घरनजिकैको किराना पसलमा रक्सी पिइरहेका थिए । उनीहरुबीच झगडा भयो ।

त्यहीबीचमा आरोपीमध्येका एकजनाले घर गएर खुकुरी ल्याए र गोलेमाथि प्रहार गरे । उनको त्यहीँ मृत्यु भयो ।

प्रहरीकाअनुसार मृतक गोले र पक्राउ परेका स्याङ्बोद्वय तीनैजना साथी हुन् । गोलेको हत्यापछि स्याङ्बोद्वय फरार थिए ।

प्रहरीले सोमबार बिहान उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

आरोपीलाई पक्राउ गर्न प्रहरी निरीक्षक दर्नालकै नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।