Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


दुईलाख नगद सहित ११ जुवाडे पक्राउ


0
Shares

झापा । भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६  वर्षीय कविर क्षेत्री छन् ।

त्यस्तै भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवी राजवंशी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट  दुई लाख १० हजार ९१० र भारतीय रुपैयाँ नौ हजार ७७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।(रासस)