-सरोज अधिकारी र राममान डंगोल/ इमेज
काठमाडौं । राजनीतिक दलका युवाहरु उत्पादन र उद्यममा नलाग्ने बरु नेताको पछि मात्र हिँडेकै भरमा जीवन धान्ने प्रवृत्ति नेपाली राजनीतिमा छ ।
मुलुकको भविष्य बोकेको यो पुस्ता सम्झदा निराश बनाउने खतरा रहँदा रहँदै सत्तारुढ दल नेकपाको युवा संघमा लाग्नका लागि व्यवसायी वा स्वरोजगार भएकै हुनुपर्ने प्रवाधानले भने केही सकारात्मक सन्देश दिएको छ ।
राजनीतिक दलमा लाग्ने युवाहरु नेताको पछि हिंड्ने र सानातिना भनसुनकै कामबाट आफ्नौ दैनिक सञ्चालन गर्दै आएका छन् ।
कतिपय आफुले गर्ने गैरकानुनी कुराहरुबाट बच्नका लागि पनि राजनीतिक दललाई प्रयोग गरीरहेका हुन्छन् ।
पछिल्लो समय राजनीतिलाई सेवा वा सामाजिक अभियानको रुपमा लिएर हिंड्ने युवाहरुको संख्या नगन्य छ ।
शक्ति, सत्ता, पैसा र शानकै लागि मात्र राजनीतिमा लाग्नेहरुको संख्य बढ्दा समाजमा पछिल्लो पुस्ता नैतिकहीन छ भन्ने टिप्पणी पनि हुने गरेको छ ।
अझ भविष्य भन्दा पनि वर्तमानमा मात्र रमाउने डरलाग्दो संस्कार युवा पुस्तामा देखिँदा समेत दलहरु यसप्रति चिन्तित नबन्नु विडम्बना नै छ ।
भनसुनकै भरमा सेटिङमा ठेक्कापट्टा समेत हात पार्ने पुस्ता राजनीतिमा कमै छन् । त्यसमा पनि अहिले सत्तामा रहेको दलको नाताले नेकपा भित्रका युवाहरु यो अभियानमा छन् ।
कुनै बेला निकै चचार्मा रहेको युर्थ फोर्स र वाईसीइल एक भएर भनेको युवा संघठन समेत अहिले निस्कृय जस्तै बनेको छ ।
यद्यपी अब युवा संघले स्वरोजगार र उद्यमसँग नजोडिएको व्यक्तिलाई आफ्नो सदस्यता नै नदिने नीति ल्याएर उत्पादनसँग युवाहरुलाई जोड्न खोज्दैछ ।
फगत, यो सत्ताबाट प्राप्त हुने अवसरका लागि मात्र होइन भने त ठिक होला । अन्यथा राज्यको ढुकुटी माथिको दुरुपयोगमा सिमित हुन सक्छ ।
पछिल्लो समय समाजमा हराएको नैतिकतालाई समेत पुर्नजिवित गराउन नसकिने हो भने हिजोको संस्कारिक सामाजिकीकरण हाम्रो इतिहास बन्ने खतरा छ ।
कम्तीमा समाजलाई सही बाटोमा डोर्याउन समेत यस्ता युवा संघसंघठनहरु लाग्नु आवश्यक छ ।
काठमाडौंमा युृवा संघको भेलामा आएका युवाहरु पनि अब नैतिक र आचरणयुक्त पुस्ता निमार्णका लागि राजनीतिक शक्तिहरुले समय खर्च गर्नुपर्ने बताउँछन् ।
सत्तामा रहेको र मुलुकको ठुलो दल समेत रहेको नाताले नेकपाले आफ्नो विचारसँग निकट रहने युवाहरुलाई मात्र आचारणवान व्यवासायी बनाउन सके यसले मलुकको उत्पादन मात्र नभइ स्वयम् नेकपा समेत पछिल्लो पुृस्ताका लागि उदाहरण बन्ने थियो कि ?









प्रतिक्रिया दिनुहोस्