नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैंछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो । शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्।
आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउने बारे छलफल हुने बताइएको छ।
अध्यक्षद्वय मध्ये एकले सरकार चलाउने र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजन हुनुपर्ने अध्यक्ष दाहाल लगायतका नेताहरूको माग छ।
आजको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्