Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


काेभिडविरुद्धकाे पहिलो र दोस्रो डोज खाेप फरक कम्पनीको लगाउन नमिल्ने डब्लुएचओकाे प्रस्टाेक्ति


0
Shares

काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को कार्यालयले कोभिड–१९ विरुद्ध पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरूले दोस्रो डोज भेरोसेल लगाउन मिल्ने खबर झुटो भएको जनाएको छ ।

डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।

संगठनले पहिले जुन खोप लगाएको हो दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने स्पष्ट पार्दै फरक खोपको सन्दर्भमा अध्ययनहरू भइरहेकाले अहिले नै लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्न पयाप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाएको छ ।