
काठमाडौं, असार ८ । विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् ।
मंगलबार साँझ गठबन्धनमा रहेका पाँच राजनीतिक दलका शीर्ष नेताले संयुक्त विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको सरकारले जताततै हस्तक्षेप गर्ने, दबाव दिने, धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुुकै बाटो अंगिकार गरेकाले देश गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।
उनीहरुले मुलुक गम्भिर संकटतर्फ धकेलिएकोले संयुक्त रुपमा पाइला चाल्नै पर्ने अवस्था आएको पनि बताएका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भईरहेको छ ।
विज्ञप्तीमा विभिन्न राजनीतिक दलको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगले खेलेको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्