बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले आफ्नो नक्सामा पारेको भूमि फिर्ता गर्न सरकारले चाँडो कूटनीतिक पहल गरी समाधान गर्नुपर्ने बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ताका लागि कूटनीतिक पहल जरुरी रहेको बताए ।
आन्दोलन र सामाजिक सन्जालमा आलोचना गरेर विवादित भूमि फिर्ता नहुने उनले उल्लेख गरे । उनले कूटनीतिक पहलबाटमात्र समस्याको समाधान हुने औंल्याए ।
महाकाली सन्धिकै बेलामा नेपाल–भारतको सिमानामा रहेको महाकाली नदी दुवै देशको साझा नदी भएको र यसको पानी आधा–आधा भन्ने कुरा दुवै देशले स्वीकार गरेको उनले बताए ।
‘महाकाली नदीवारिको भू–भाग नेपालको हो’–सभापति देउवाले भने ।









प्रतिक्रिया दिनुहोस्