
काठमाडौं, कात्तिक २८ । नेपाली महिला भलिबल टिमले ऐतिहासिक सफलता हासिल गरेको छ ।
पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बंगलादेशमा बिहीबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको हो ।
फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको हो ।
पाँच राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई हराएको थियो ।
यो उपाधि हासिल गरेसँगै नेपाल मंसिरमा घरेलु भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिको प्रमुख दाबेदार बनेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्