७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘अटोमेटिक’ पेस्तोलसहित दुईजना समातिए


0
Shares

चितवन, कात्तिक २८ । चितवनमा अवैध हतियारसहित दुईजना पक्राउ परेका छन् ।

राप्ती नगरपालिका–६, हर्दीबाट बिहीबार बिहान एकथान पेस्तोल, एकथान म्यागजिन र पाँच राउन्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी छन् ।

इलाका प्रहरी कार्यालय भन्डाराबाट रात्रिगस्तीमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार हर्दीमा बा८५प ८०८४ नम्बरको मोटरसाइकल रोकी उनीहरु शंकास्पदरुपमा हिँडिरहेका थिए । प्रहरीलाई देख्नासाथ भाग्न खोजे ।

प्रहरीले सोहीबखत् दुवैजनालाई नियन्त्रणमा लियो । त्यसपछि खानतलासी गर्दा उनीहरुको साथबाट ‘मेड इन युएसए’ लेखिएको र पाँच राउन्ड गोली ‘लोड’ भएको उक्त ‘अटोमेटिक’ पेस्तोल बरामद गरेको जनाइएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।