Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेविसंघ महामन्त्रीद्वारा अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री वितरण


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

शुक्रवार महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिकाले वडान्मबर ३ धुस्कुनमा सञ्चालन गरेको पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

अक्सिजन कन्सन्ट्रेटर नेपाल मेडिकल एसोसिएसनले सहयोग गरेको थियो ।

अक्सिजन कन्सन्ट्रेटर संगै अक्सिजन नजल ट्युब २० वटा, पीपीई सेट, सर्जिकल मास्क, एन नाइन्टिन फाइभ माक्स, फेस सिल्ड, स्यानिटाइजर, ग्लोभ्स लगाएत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादव लाई हस्तान्तरण गरिएको तिमल्सिनाले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी, महासमिति सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठ, नेताहरू माधब भण्डारी,राम कुमार तामाङ, इकाइ सभापति राम कुमार रिसाल सहित नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता हरुको उपस्तिथिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

महामन्त्री तिमल्सिनाले जिल्ला भर कोभिड महामारी संगै अहिलेको बिपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामिको उपचारमा सहज हुने बताउनुभयो ।