
काठमाडौं, कात्तिक २७ । प्रहरीले मानव तस्करीको आरोपमा ५० वर्षीया कृष्णमाया लामालाई पक्राउ गरेको छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भइ हाल ललितपुर, चापागाउँ बस्ने कान्छी तामाङ भनिने लामालाई बुधबार मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
लामाले १५ वर्षीया एक नेपाली किशोरीलाई १० हजार भारतीय रुपैयाँमा भारतमा कोठी सन्चालक लक्ष्मी र हेमालाई बेचेको ब्यूरोले जनाएको छ ।
ती किशोरीलाई कोठी सन्चालकहरूले बन्धक बनाइ हार्मोनको सुई र औषधि दिएको पनि ब्यूरोले जनाएको छ ।
नयाँदिल्लीस्थित कोठीमा चार वर्षभन्दा बढी समय बस्न बाध्य किशोरी त्यहाँबाट भागेर आइ यही कात्तिक २० गते आफूलाई बेच्नेविरुद्ध उजुरी दिएकी थिइन् ।
सोही घटनामा संलग्न सूर्यगढी गाउँपालिका–६ घर भइ चापागाउँ बस्ने ४२ वर्षीय शेरबहादुर लामा फरार रहेकाले उनको खोजी भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्