Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


बीपी स्टडी युथ सर्कलले बाल गृहलाई खाद्य सामग्री सहयोग गर्‍यो


0
Shares

काठमाडौं, असार २ । बीपी स्टडी युथ सर्कलले बाल गृहलाई खाद्यान हस्तान्तरण गरेको छ ।

नयाँ नेपाल समाज केन्द्र नामक बालगृहलाई सर्कलले १० बोरा चामल, १० किलो दाल, १० लिटर तेल लगायतका विभिन्न खाद्यान सामग्री हस्तान्तरण गरेको हो ।

बालगृहका सञ्चालक कृष्णराज गुरुङले कोरोनाका कारण परेको कठिनाईमा हातेमालो गरेकोमा युथ सर्कलको टिमलाई धन्यवाद दिनुभएको छ ।

१२ बर्ष अघि सुरु भएको उक्त बालगृहले सयौं बालबालिकालाई आश्रय दिइसकेको छ ।

विभिन्न जिल्लाका बालबालिका यो गृहमा बस्दै आएका छन् । हाल ५५ जना बालबालिका यो बालगृहमा बस्दै आएका छन् ।

बीपी स्टडी युथ सर्कलले बिगत १२ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

हालसम्म अभियानले ७ हजार बढीलाई खाना वितरण गरिसकेको छ । मजदुरको काम रोकिएपछि हातमुख जोर्न समस्या भएपछि युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन् ।