काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाढी पहिरोमा परेकाहरुको तत्काल राहत र उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ ।
अविरल वर्षाका कारण देशभरका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएकाले तत्काल विपदमा परेकालाई उद्दार गरेर सुरक्षित स्थानमा लैजान, बेपत्ताको खोजी कार्य गर्न र पिडीतहरुलाई राहत दिन कोइरालाले सरकारसँग माग गर्नु भएको हो ।
सामाजिक सञ्जालमा लेख्दै उहाँले कांग्रेसका विभिन्न तहमा रहनुभएका साथीहरूलाई पनि तत्काल आ आफ्नो क्षेत्रमा उद्दार र राहतमा जुट्न निर्देशन दिनु भएको छ ।
अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षतीले स्तब्ध र असाध्यै मर्माहत भएको कोइरालाले बताउनु भएको छ ।









प्रतिक्रिया दिनुहोस्