७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


महिला कार्यालय सहयोगी कुटपिट आरोपमा वडा अध्यक्ष पक्राउ


0
Shares

कैलाली । कार्यालय सहयोगी एक महिलालाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली छन् ।

उनीमाथि कार्यालय सहयोगी तुलसरा सिजालीलाई कुटपिट गरेको आरोप छ । पीडित महिलाको निवेदनका आधारमा हौजालीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष हौजालीले वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।