Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


अख्तियार प्रमुखलाई एसएमएस गरेपछि जागिरबाट निकाल्ने धम्की, चिकित्सकहरू आन्दोलित


0
Shares

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका छन् ।

प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गर्न माग गरेका चिकित्सकलाई जागिरबाट निष्कासनको धम्की दिइएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका हुन् ।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गरी दोषी उपर कारवाही गर्न माग गर्नुभएको थियो ।

पोखरेलले भ्रष्टाचारको छानविन गर्न माग गरेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धी सबै कागजपत्र नियन्त्रणमा लिएको थियो ।

अख्तियारले प्रतिष्ठानमा छापा मारेको भोलिपल्ट सोमबार प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेललाई जागिरबाट निकाल्ने धम्की दिएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेका छन् ।

आर्थिक अनियमितताले धरासायी बनेको प्रतिष्ठान बचाउन थालिएको अभियानलाई हस्तक्षप गरी डाक्टरलाई जागिरबाट निकाल्ने धम्की दिएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू मंगलबारदेखि आन्दोलित भएका छन् ।

आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर, जुनियर डाक्टर र विद्यार्थिहरुले आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कडा कारबाही गर्न र उपकुलपति डा. गिरीलाई बर्खास्त गर्न माग गरेका छन् ।