Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


राफाल नाडाल एटिपी फाइनल्समा पराजित, विश्व वरियताको शीर्ष स्थानमा रहन चुनौती


0
Shares

काठमाडौं । विश्व वरियतामा शीर्ष स्थानमा रहेका राफाल नाडाल एटिपी फाइनल्स अन्तर्गत गएराति भएको पहिलो खेलमा पराजित भएका छन् ।

यो पराजयसँगै विश्व वरियतामा रहने नाडानलको प्रयास असफल हुने खतरा बढेको छ । साविक विजेता स्पेनिस नाडाल रुसका एलेक्जान्डर स्भेरेभसँग राउण्ड रोबिन प्रणालीको पहिलो खेलमै ६–२ र ६–४ को सोझो सेटमा पराजित भएका हुन् ।

सेप्टेम्बरमा भएको युएस ओपन यता नाडालले कुनै पनि प्रतियोगिता पूर्ण रुपमा पूरा गरेका छैनन् । शीर्ष बरियाताका ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी हुने पुरुष तर्फको सिजन अन्त्य गर्ने प्रतिस्पर्धा एटिपी फाइनल्समा राउण्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा पुग्छन् ।

सेमिफाइनल खेल आउँदो शनिबार हुनेछ । सोमबार राति भएको खेलमा पारजित भएका नाडालले आफू खेलका लागि पूर्ण रुपमा फिट नरहेको बताए । खेल अघि नै उनको फिटनेसलाई लिएर चिन्ता व्यक्त गरिएको थियो ।(एजेन्सी)