Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


मनाङेलाई कारवाही गर्न खेलकुद परिषद्को माग


0
Shares

पोखरा, जेठ ३१ । राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका बिना विभागीय मन्त्री दीपक मनाङेको पछिल्लो अभिव्यक्तिलाई लिएर कारबाहीको माग गरेको छ ।

परिषद्का निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखले विज्ञप्ति जारी गर्दै मन्त्री राजीव गुरुङको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको र कानुनी कारबाही गर्न माग गरिएको हो ।

विज्ञप्तिमा गण्डकी अनलाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं मन्त्री राजीव गुरुङबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित अशोभनीय लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।