Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सीमा विवाद कूटनीतिक ढंगले समाधान गर्नुपर्छ : खनाल


0
Shares

काठमाडौं, कात्तिक २५ । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमाना विवाद आपसी छलफल र कूटनीतिक ढंगले समाधान गर्नुपर्ने बताएका छन् ।

नेकपाको नीति तथा अध्ययन प्रतिष्ठानले सोमबार ललितपुरमा गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक बहस’मा नेता खनालले विवाद प्राविधिक विषय पनि भएकाले कूटनीतिक पहलबाटै समाधान गर्नुपर्ने बताए ।

उनले देशको सिमाना रक्षा गर्ने संयन्त्र अपर्याप्त रहेको भन्दै तत्काल मजबुद् बनाउन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले सीमा विवाद कर्मचारीमार्फत् नभइ उच्चस्तरीय कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले भारतसँगको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

उनले देशको सिमानामा सुरक्षा फौज राख्ने र सिमानाका जनताको समग्र विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सीमाविद् रतन भण्डारीले भारतसँगको सीमा विवाद कर्मचारी तहबाट समाधान हुननसक्ने भन्दै उच्चस्तरीय सरकारी तहमा वार्ता गर्नुपर्ने धारणा राखे ।