Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


युरो २०२० : स्टर्लिङको गोलमा इंगल्यान्डको विजयी


0
Shares

काठमाडौं । इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ ।

आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्‍यो ।

इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।

म्यानचेस्टर सिटीका फरवार्डले ५७ औँ मिनेटमा गोल गरेका थिए ।

स्टर्लिङलाई गोलका लागि काल्भिन फिलिप्सले पास उपलब्ध गराएका थिए ।