Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कोटेश्वर-जडीबुटी सडकखण्ड विस्तार यो आर्थिक वर्षभित्र पूरा नहुने


0
Shares

काठमाडौं, जेठ ३० । कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य राखिए पनि यो पूरा नहुने देखिएको छ ।

सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि यस सडकखण्डको विस्तारको काम अघि बढाएको थियो ।

यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिडका कारण निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो ।

टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो ।

हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताउनुभयो ।

निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न नसकिने भएको उहाँले बताउनुभयो ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्ष भित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको बिस्तारित ३ लेन बराबर कालोपत्रे गरिसक्ने जनाइएको छ ।

साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम पनि सम्पन्न गर्ने प्रमुख नेपालीले बताउनुभयो ।