Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


भारतले मिचेको लिपुलेक र लिम्पियाधुराको विषय अन्तर्राष्ट्रियकरण गर्न नहुने दाहालको भनाइ


0
Shares

काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् ।

सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’

भारतले नेपालको सीमा मिचेको बारेमा समितिले राखेको छलफलमा दाहालले, ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने बताए ।

महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको उनको भनाइ थियो ।

अहिले मुलुकमा स्थीर सरकार रहेकाले भारतसँग गम्भीर वार्ता गर्न उपयुक्त समय भएको पनि उनले बताए ।

सांसदहरुले भने यस विषयको समाधान कर्मचारी प्रशासनको तहबाट नभई उच्चस्तरीय राजनीतिक तहबाटै खोज्नुपर्ने सुझाव दिए ।