Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अतिक्रमित भूभाग फिर्ता गर्ने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्रीको दावी


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताएका छन् ।

आज बिहान नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।

उनले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको छ ।

अमृत बोहोरालाई अनुशासन आयोग, डा पुष्प कँडेललाई लेखा परीक्षण आयोग र केशव बडाललाई केन्द्रीय सल्लाहकार परिषदको प्रमुख बनाएको छ । त्यैगरी विष्णुपुकार श्रेष्ठलाई निर्वाचन समितिको प्रमुखको जिम्मेवारी दिइएको हो ।