
सोलुखुम्बु, जेठ २८ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावटको सोलु-दूधकोशी आयोजनाको बाँध र पावरहाउसको काम रोकिएको छ ।
बाँध र पावरहाउसका लागि ल्याएका कामदार जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाटै जिल्ला प्रशासनले फर्काएपछि हाईड्रोपावरको काम ठप्प बनेको हो ।
तीन दिनअघि बाहिरी जिल्लाबाट केन्द्रिय सीसीएमसीको सिफारिस र साहज उर्जाको निवेदनसहित १८ जना कामदार जिल्लामा आउन खोजे पनि प्रशासनले फकाईदिएपछि काम गर्न नपाएको आयोजनाको निर्माण कम्पनी सीई कन्स्ट्रक्सनका जनसम्पर्क अधिकृत प्रकाश दाहालले जानकारी दिनुभयो ।
बाँधको काम वर्षायाम भन्दा अघि नै निर्माण सम्पन्न नभए हाइड्रोपावरमा करोडौको क्षति पुग्ने बताइएको छ ।
जिल्लामा यसअघि बाहिरबाट कामदार ल्याउन नपाउने निर्णय भएको र त्यसलाई कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्