
अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ६ वटा स्थानीय तहलाई करिब ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ ।
जसमध्ये जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकालाई दुई वटाका दरले १२ थान अक्सिजन कन्सेन्टेटर, प्रत्येक पालिकामा १० लिटरका दरले ६० लिटर सेनिटाइजर, एक हजार थान सर्जिकल माक्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने बताइएको छ ।
जसअन्तर्गत पहिलो चरणमा सन्धिखर्क नगरपालिकामा रहेको अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
बाँकी स्वास्थ्य सामाग्री सामाजिक अभियन्ता सचिन पाण्डे र विष्णु सुवेदीको टिमले अन्य पालिकामा पुर्याउन सुरु गरेको छ ।
अर्घाखाँची सहयोगी संजाल र कांग्रेस नेता डा.मुक्ति श्रेष्ठद्वारा जिल्लाका ६ वटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्