Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


‘साग’का ९ खेल पोखरामा’


0
Shares

पोखरा, कात्तिक २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले१३ औं दक्षिण एसियाली खेलकुद (साग)का ९ ओटा खेल पोखरामा हुने बताएका छन् ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सदस्यसचिव सिलवालले पूर्वाधारको अभावमा पोखरामा हुने भनिएका कुनैपनि खेल नरोकिने दाबी गरे ।

उनले अबको १५ दिनभित्र आवश्यक पूर्वाधारको सबै काम सकिने दाबीसमेत गरे ।

सागमा पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्राइएथलन, पाराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याडमिन्टन र भारोत्तोलन गरी ९ खेल हुनेछन् ।