Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


‘एचसीएल’ पुस १९ देखि


0
Shares

काठमाडौं, कात्तिक २४ । दोस्रो संस्करणको १९ वर्षमुनिको दुईदिवसीय हिमालय क्रिकेट लिग (एचसीएल) प्रतियोगिता पुस तेस्रो साताबाट सुरु हुने भएको छ ।

प्रतियोगिता आउँदो पुस १९ देखि माघ ४ गतेसम्म हुने भएको हो ।

आयोजक वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीकाअनुसार प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ । समूहका शीर्ष टोलीले उपाधिका लागि खेल्नेछन् ।

मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा सेतो ड्रेस र रातो बल प्रयोग हुने आयोजकले जनाएको छ ।

आयोजकले विजेता र उपविजेतालाई पुरस्कारको व्यवस्था गरेको जनाएपनि राशि भने तोकेको छैन ।