काठमाडौं, कात्तिक २४ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
आउँदो बुधबारदेखि काठमाडौंमा हुने ‘योनेक्स–सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन’ प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा दक्षिण एसियाका आधादर्जनसहित जापान, कोरिया, रुस, अमेरिका, क्यानडा, अष्ट्रेलिया, इंग्ल्यान्ड, थाइल्यान्ड, युक्रेन, इरानलगायतको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुष र महिला एकल, युगल तथा मिश्रित युगल गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा एकलको विजेताले एक हजार ८७५ अमेरिकी डलर, उपविजेताले ९५० डलरसहित अन्तिम १६ सम्म पुग्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै, युगल तथा मिश्रित युगलका विजेताले समान एक हजार ९७५ डलर जित्नेछन् ।





प्रतिक्रिया दिनुहोस्