काठमाडौं, कात्तिक २४ । नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा शानदार सुरुआत गरेको छ ।
आइतबार ढाकामा भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले खेल २५–४, २५–९ र २५–६ को सेटमा जितेको हो । प्रतिभा माली ‘प्लेयर अफ दी म्याच’ चुनिएको खेल जितेसँगै नेपालले ३ अंक जोडेको छ ।
नेपालले दोस्रो खेलमा सोमबार कीर्गिस्तानसित खेल्नेछ । नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससित खेल्नेछ ।
‘राउन्ड रोबिन लिग’का आधारमा जारी प्रतियोगिताको अंकतालिकाका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।
यो प्रतियोगिताले नेपाललाई १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि राम्रो तयारी मिल्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्